काठमाडौं । बसोबास नेपालले घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउने उद्देश्यले नेपालमै पहिलोपटक ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला आयोजना गर्ने भएको छ । यो मेला पौष ७ गते कुपण्डोलस्थित होटेल हिमालयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।समग्र घरजग्गा बजारको प्रतिनिधित्व गर्ने गरी आयोजना हुन लागेको मेलामा नेपालका टप डेभलपरहरूको सहभागिता रहनेछ । यस मेलाले घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने अपेक्षा गरिएको छ ।
मेलामार्फत घरजग्गा खरिदकर्ता र ग्राहक दुवै पक्षलाई सहजता प्रदान गर्नुका साथै घरजग्गाको बजार अवस्था र ट्रेन्डबारे जानकारी गराउने कम्पनीले जनाएको छ । मेलामा बैंकिङ सुविधाहरूबारे विशेष परामर्श पनि गराइने छ ।
‘बसोबास प्रपर्टी इभेन्ट’का विशेषताहरूः
प्रपर्टीको खरिदमा १ करोडसम्मको छुट,
न्यूनतम मूल्यमा प्रपर्टीको छुट दावी गर्ने मौका,
बजारका ‘अफ मार्केट प्रपर्टी’ बुकिङ गर्ने मौका,
बैंकिङ सेवा सुविधासम्बन्धी विशेष परामर्श,
१० देखि १०० ग्रामसम्म सुन उपहार, आदि ।
‘बसोबास प्रपर्टी इभेन्ट’ले बजारमा व्यवसायी तथा सेवाग्राहीले झेल्नुपरेको बेथितिलाई समेत कम गर्न मद्दत गर्ने र घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने बसोबास नेपालका कार्यकारी अधिकृत राजन अधिकारीले बताए। यसो हुँदा घरजग्गा कारोबारमा संलग्न क्रेतारबिक्रेता, एजेन्ट तथा एजेन्सी सबैमा आशाको किरण छर्ने बताए।
‘बसोबास प्रपर्टी इभेन्ट’मा सहभागीहरूले बजारमा सहजै उपलब्ध नहुने किसिमका ‘अफ मार्केट प्रपर्टी’, बसोबासमा लिस्टिङ भएका घरजग्गा र नयाँ प्लटिङहरू, व्यवसायिक भवन, नेपालका टप डेभलपरहरूले निर्माण गरेका अत्याधुनिक सुविधासम्पन्न हाउजिङ, कोलोनी तथा अपार्टमेन्टहरू गरी २५ भन्दा बढी प्रोजेक्टका २ सय भन्दा बढी प्रपर्टीहरूमा छुट बुकिङ गर्न पाउनेछन् । मेलामा समावेश प्रपर्टीहरू उच्च, निम्न र मध्यम सबै वर्गका खरिदकर्ताका लागि उपयुक्त हुने किसिमका रहेका छन् ।
मेलामा सहभागी भइ प्रपर्टिको छुट बुकिङ गर्ने सेवाग्राहीले कम्पनीको तर्फबाट प्रपर्टीको किसिम तथा मूल्यअनुसार १ करोडसम्म नगद छुट र १० ग्राम देखि १०० ग्रामसम्म सुन उपहार पाउनेछन् । यी प्रपर्टीको बुकिङ मूल्य बजारमा चलेको भन्दा एकदमै कम राखिएको छ ।
बसोबास प्रपर्टि मेलासम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्न सक्नेछन् ।
बसोबास नेपाल
बसोबास नेपाल, घरजग्गा कारोबारलाई पारदर्शी र व्यावसायिक बनाउने उद्देश्यले स्थापित रियलस्टेट मार्केटप्लेस हो । सन् २०१६ मा स्थापना भएको बसोबासले सुरूवाती दिन देखि नै घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सी र ग्राहकहरूबीच सहजकर्ताको भूमिका खेल्दै आएको छ । सेवाग्राहीलाई विभिन्न माध्यमबाट घरजग्गा बजारका गतिविधी, प्रपर्टीको मूल्य तथा नितीनियमका बारेमा जानकारी दिनुका साथै बजारमा चलेका ट्रेन्ड र टेक्नोलोजीहरूको बारेमा ग्राहकहरूलाई सुसूचित गर्दै आएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !