काठमाडौं । एचआईडिसीएल (HIDCL) ले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले यस बर्ष बोनस सेयर भने वितरण गर्ने छैन ।
कम्पनीले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार पुस १७ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !