धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष कृष्णप्रसाद जैशी र सचिव रण बहादुर चन्दले राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालको अवलोकन गरेका छन् । आज बिहिवार प्रदेशको अस्थायी राजधानी धनगढीको वडा नम्बर १ शिव नगरमा रहेको अटिजमको कार्यालयमा उपस्थित भई अवलोकन गरेका हुन् ।
सुदूरपश्चिम कै पहिलो र एकमात्र अटिजम केयर सेन्टरमा पुगेर अध्यक्ष र सचिवले त्यहाँ रहेका अटिजम भएका बालबालिकाको अवस्था बुझ्नुका साथै अटिजमको बारेमा चासो,चिन्ता र छलफल गरि भविष्यमा सहयोग र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेको अटिजम केयर सेन्टरका अध्यक्ष रमेश कुमार बस्नेतले बताए । करिब १ बर्ष पहिले धनगढीमा स्थापना भएको अटिजम सेन्टरमा पुगेर प्रदेश अध्यक्ष र सचिवले बालबालिकाको अवलोकन गरि आवश्यक सुझाव,सल्लाह र सहयोगको प्रतिबद्धता व्यक्त गरेको भन्दै केयर सेन्टरका अध्यक्ष बस्नेतले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।
अटिजम भएका बालबालिकाको हेरचाह गर्दै आएको अटिजम केयर सेन्टरमा हाल २७ जना अटिजम भएका बालबालिका रहेका छन् । व्यक्तिगत लगानीमा खोलिएको संस्थाले अटिजम भएर घरमै बस्न बाध्य भएका, समस्यामा परेका बालबालिकालाई हेरचाह,शिक्षा,उपचार साथै आवश्यक सहयोग गर्दै आएको छ । भने संस्थाले हरेक बर्ष फरक व्यवहार भएका बालबालिकामा अटिजम भए नभएको निशुल्क परिक्षण समेत गर्दै आएको छ ।
संस्थामा अटिजम भएका बालबालिकालाई हेर्न १६ जना कर्मचारी समेत राखिएको छ । संस्थाले भ्यान मार्फत कैलाली र कंचनपुरका विभिन्न ठाउँका अटिजम भएका बालबालिकालाई ल्याएर हेरचाह गर्ने,पढ्न,लेख्न सिकाउने,तथा व्यावहारकी ज्ञान सिकाउने काम गर्दै आएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !