धनगढी । एसपीए कलेजको एकेडेमिक क्लबको आयोजनामा धनगढी स्पेलबान्ड च्यालेन्ज आयोजना हुने भएको छ ।
विद्यार्थीहरुको भाषागत क्षमताको प्रतिस्पर्धा हुने प्रतियोगितामा कैलाली र कञ्चनपुरका २० भन्दा बढी विद्यालयहरुले सहभागिता जनाउँने एसपीएको एकेडेमिक क्लबले जनाएको छ ।
प्रतियोगिता यही पुष ७ गतेदेखि हुनेछ । प्रतियोगितामा शब्दसँगै चित्रको सही पहिचान, हिज्जे उच्चारणलगायतका राउण्डहरु हुनेछन् ।
प्रतियोगितामार्फत विद्यार्थीहरुले आफूमा भएको भाषागत क्षमताहरु सबैसामु प्रस्तुत गर्ने मौका पाउने एसपीए एकेडेमिक क्लबका अध्यक्ष रमित ढुंगानाले बताए ।
धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा हुन लागिको स्पेल बाउन्डमा एसपीए कलेज, अमेरिकन कर्नर धनगढी, नेल्टा तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले सहयोग गरेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !