काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको अस्थायी मर्मत २८ दिन अर्थात् माघ २ मा सकिने भएको छ। मंगलबार बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले २८ दिनभित्र पुननिर्माण सम्पन्न गर्ने सम्झौता गरेको अयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।
बोर्डका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकले मेलम्ची आयोजना निर्माण कम्पनी सिनोहाइड्रोसँग २८ दिनभित्र पुननिर्माणको काम सम्पन्न गर्ने सम्झौता गरेको हो।प्रवक्ता पन्तका अनुसार आपतकालिन अवस्था आइपरे बाहेक निर्माण कम्पनीले २८ दिन अर्थात् माघ २ सम्म पुननिर्माण सम्पन्न गर्नुपर्ने छ। साथै पुननिर्माण छिटो गर्न २ सिफ्टमा काम गर्ने निर्णय पनि मंगलबारको बोर्ड बैठकले गरेको छ।
पुननिर्माणपछि काठमाडौंमा दैनिक १७ करोड लिटर पानी आउने आयोजनाले जनाएको छ। उक्त पानी काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले वितरण गर्नेछ।आयोजनाको अस्थायी पुननिर्माण गरेपछि सुरुङमा पानी हालेर काठमाडौंस्थिति सुन्दरीजलमा आइपुग्न करिब एक साता लाग्छ। त्यसपछि मात्रै उपत्यकामा पानी वितरण सुरु गर्न सकिन्छ।तर, आयोजनाले मर्मतको काम मात्रै गर्ने भएकाले पानी वितरणको मिति भने तोकेको छैन। काठमाडौंमा पानी आइपुगेपछि केयूकेएलले पानी वितरणको तालिका नै सार्वजनिक गरेर पानी वितरण सुरु गर्छ।
आयोजनाको पुननिर्माण सिनोहाइड्रोले गर्ने भए पनि लागत रकम भने खुलाइएको छैन। यद्यपि कामको भेरियसन ९थपिएको कामअनुसार रकम थप० गरेर सिनोले मर्मत गर्ने सहमति गरेको आयोजनाको भनाइ छ।
२०७८ असार १ र साउनमा मेलम्ची खोलामा गएको बाढीका कारण निर्माणको अन्तिम चरणमा पुगेको आयोजनामा क्षति पुगेको थियो। त्यसयता हरेक वर्ष बर्खामा पानी बन्द गर्ने र हिउँदमा काठमाडौं पानी पठाउने काम भइरहेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !