धनगढी । होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई ट्रेनिङ,प्लेसमेन्ट र इन्टर्नसिपको काम गर्दै आएको हेडवे एजुकेशन फाउन्डेसनले धनगढीमा शाखा विस्तार गरेको छ । काठमाडौंको बसुन्धारामा मुख्य कार्यालय रहेको फाउन्डेसनले सुदूरपश्चिम प्रदेशमा होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई धनगढीबाटै ट्रेनिङ,प्लेसमेन्ट र इन्टर्नसिपको काम गर्ने उद्देश्यले शाखा विस्तार गरेको जनाएको छ ।
विगत १५ बर्षदेखि फाउन्डेसनले नेपालमा होटेल म्यानेजमेन्ट पढ्दै आएका विद्यार्थीलाई ट्रेनिङ,प्लेसमेन्ट र इन्टर्नसिपको लागि विश्वका विभिन्न देशहरुमा पठाउँदै आइरहेको छ । फाउन्डेसनले एसिया,युरोप,दक्षि अमेरिका, उत्तर अमेरिका लगायतका देशहरुमा नेपाली विद्यार्थीलाई पठाउँदै आइरहेको हव टुर इन्टरनेसनल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक श्रावन वस्थीले बताए । प्रबन्ध निर्देशक वस्थीले धनगढीमा शाखा विस्तार गरे संगै होटेल म्यानेजमेन्ट अध्यापन गराइरहेका सुदूरपश्चिमका कलेजहरूले आफ्ना विद्यार्थीहरूको लागि इन्टर्नसिप गराउन काठमाडौँ जानु पर्ने बाध्यताको अन्त हुने विश्वास व्यक्त गरे ।
एचएम र बिएचएम अध्ययन गरेका विद्यार्थीको पढाई सकिएको दौरानमा ६ महिना वा १ वर्ष इन्टर्नसिप गर्नुपर्ने हुँदा यस अघि उक्त कामको लागि यहाँका कलेजहरू काठमाडौँमा गएर सम्झौता गर्न बाध्य थिए । अन्य प्रदेशमा जानुपर्ने बाध्यता भएकाले आम विद्यार्थीहरुको माग अनुसार धनगढीमा हेडवे एजुकेसन खोलिएको धनगढी शाखा प्रमुख अमन ओखेडा बताए ।
उनका अनुसार धनगढीमा एचएम र बिएचएम पढाउने करिब १२ कलेजहरू छन् । अब ती कलेजलाई धनगढीबाटै विद्यार्थीको रोजाइमा रहेको देश तथा विदेशका पाँच तारे होटेलमा सिक्ने मौका दिलाउन धनगढीमा शाखा खोलिएको ओखेडा बताए ।
काठमाडौँको बसाइ महँगो हुने भएकाले होटेल म्यानेजमेन्ट पढे पनि कतिपय विद्यार्थी इन्टर्नसिप लिन नसक्ने धनगढीको लाइफलाइन टेक्निकल कलेजका सञ्चालक शङ्कर श्रेष्ठले बताए । अब हेड वय एजुकेसन सञ्चालनमा आएपछि विद्यार्थीहरूले विभिन्न देशहरूमा जाँदा वा इन्टर्नसिप गर्दा काठमाडौँ नै जानु पर्ने बाध्यता रोकिने श्रेष्ठले बताए ।
एचएम र बिएचएम क्षेत्रमा अध्ययनरत विद्यार्थीले भारत, कतार, दुवै, मलेसिया, बहराइन, मालदिभ्स लगाएतका देशहरूमा इन्टर्नसिप गर्न पाउने छन् । कलेज सञ्चालकहरूले अब धनगढीबाटै त्यसको सम्झौता गर्न पाउने भएका हुन् । यस्तै इन्टर्नसिप सकेर नेपाल फर्किएका विद्यार्थीहरूलाई रोजगारीको व्यवस्था समेत गरिने फाउन्डेसनले जनाइएको छ ।
फाउन्डेसनको धनगढी शाखा कार्यालय धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली पुल स्टार ब्रिजकोर्स जाने बाटोमा रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !