काठमाडौँ । यो साताको तेस्रो दिन पनि नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ४५ .९८ अंकले बढेर २१०६.४८ मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से सोमबार अन्ततः २.२३ प्रतिशतले बढ्न पुगेको हो ।
बजारमा आज ५.९८ अर्व रुपैयाँ बराबरको किन-बेच भएको छ । जसमा १८३ कम्पनी बढेका छन् भने ५३ कम्पनी घटेका छन् । यसैगरी ७ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यो दिन बोटलर्स नेपाल बालाजु सहित मेरो लघुवित्त, उन्नति सहकार्य लघुवित्त, शिवम सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, मध्य सोलु हाइड्रोपावर, सोनापुर मिनेरल्स एण्ड आइल र हाथवे इन्वेस्टमेन्टको शेयरमा १० प्रतिशतको उछाल आएको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा शिवम सिमेन्ट रह्यो भने सर्वाधिक शेयर कारोवार हुनेमा प्रभु बैंक को प्रमोटर शेयर रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !