काठमाडौं। निजी लगानीमा राजधानीको बूढानीलकण्ठमा निर्माणाधीन पाँचतारे होटल फरेस्ट इन लिमिटेडले प्राथमिक सेयर (आइपिओ)निष्कासन गर्ने भएको छ।
होटलले ९८ करोड रुपैयाँबराबरको ९८ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो। फसेस्ट इनले आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड नियुक्त भएको छ।
होटलले आगामी पुस तेस्रो साता ९डिसेम्बर० भित्र सफ्ट लन्च तयारी गरेको छ। २०८० असारदेखि होटल पूर्णक्षमतामा सञ्चालन हुनेछ।गत असोजबाट सञ्चालनमा ल्याउने तयारी भए पनि तीन महिना पछाडि धकेलिएको हो। होटल निर्माण अन्तिम चरणमा छ। पहिला तय गरिएको लक्ष्यभन्दा एक वर्षपछि मात्र होटल सञ्चालनमा आउन लागेको हो।
१ लाख ४२ हजार ७ सय ८३ वर्गफिट क्षेत्रफलमा फैलिएको होटलमा १ सय ५ कोठा छन्। होटल परियोजना बनाउन ३ अर्ब १३ करोड रुपैयाँ लगानी भएको छ। जसमध्ये २ अर्ब १३ करोड १० लाख रुपैयाँ बैंक ऋण र बाँकी ९९ करोड ९० लाख स्वपुँजी ९इक्विटी० लगानी छ। होटलको लागतसमेत बढेको छ।
होटलमा ६८ प्रतिशत बैंक ऋण र बाँकी ३२ प्रतिशत संस्थापकको इक्विटी हुने गरी लगानी संरचना तयार पारिएको छ। होटल नेपाली कांग्रेस सांसद दीपक खड्काले बनाएका हुन्।उनी होटल फरेस्ट इनका साथै मन्छियाम हाइड्रोपावर लिमिटेडका अध्यक्ष पनि हुन्। होटल फरेस्ट इन अध्यक्षमा विनिता थापा छिन् भने सञ्चालक दीपक थापा हुन्।
खड्काको होटल इस्टर्नमा पनि लगानी छ। झापामा होटल निर्माणाधीन छ। होटलमा फुड एन्ड बेभरेज सेवासाथै, क्यासिनो, स्विमिङ पुल, ब्यांक्वेट हल, रेस्टुरेन्ट, कन्फरेन्स हल, स्पालगायत सम्पूर्ण सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।फरेस्ट इनले अन्तर्राष्ट्रिय होटल ब्रान्डका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) सँग लाइसेन्स सम्झौता गरेको छ।
अमेरिकी होटल चेन आइएचजीको मिडिल स्केल ब्रान्ड होलिडे इनका नाममा चल्ने छ। होलिडे इन होटल एन्ड रिसोर्ट ब्रान्डले विश्वभरि १ हजार १ सय ९२ होटल सञ्चालन गर्छ। सञ्चालनमा रहेका होटलमा २ लाख १४ हजार ५ सय ९७ कोठा छन्।
होटल फरेस्ट इन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ किलोमिटर दुरीमा बूढानीलकण्ठको केन्द्रमा छ। यो आकर्षक पर्यटकीय गन्तव्यमध्ये एक हो, जहाँ हरेक वर्ष ठूलो संख्यामा पर्यटक आउने गर्छन्। होटल फरेस्ट इन सन् २०१० नोभेम्बर २२ मा स्थापना भएको थियो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !