धनगढी । सुदूरपश्चिम महोत्सवमा भोलि पुष ४ गते चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ। भोलि चर्चित हास्य कलाकार सागर लम्साल बलेको मूख्य प्रस्तुती रहने सांस्कृति संयोजक मिलन कुवँरले जानकारी दिए । सागर लम्सालले नेपाली कमेडी सिरियल सक्किगोनी बलेको भुमिकामा खेल्दै आएका छन् । भने उनी हास्य कलाकार संगै म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् ।
त्यस्तै भोली एक समयको निकै चर्चित गीत सालको पाल टपरीका गायक बसन्त थापा र हाउडे माया गीतकी गाईका सिर्जना खत्री आउने कार्यक्रम रहेको संयोजक कुवँरले जानकारी दिए । नृत्य संयोजक भवानी रेग्मीले स्थानीय कलाकारको प्रस्तुतिका साथै क्लव स्तरीय नृत्य प्रस्तुत गरिने जानकारी दिए ।
मङ्सिर २२ गते बाट सुरु भएको महोत्सव पुस ५ गतेसम्म चल्ने छ। महोत्सव सचिवालयका अनुसार सुदूरपश्चिम महोत्सव दर्शकहरुको मागलाई मध्यनजर गर्दै ३ दीन थप गरी पुस ५ गते सम्म संचालन हुने जानकारी गराइएको छ ।
यस वर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रदर्शनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन्।महोत्सवको टिकट मोबाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ।
महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । सा धारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !