काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेड(HRIL)को आईपीओका लागि अन्तिम दिनसम्ममा साढे १६ लाख भन्दा बढी आवेदकले आवेदन दिएका छन् । सोमबारसम्म कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ। यद्धपि हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्ने सबैले कम्तिमा १० कित्ता पाउने भएका छन्।
सोमबार साझ ५ बजे सम्म कम्पनीमा १६ लाख ६० हजार २२ आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको छ । यसबाट कम्पनीले ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ संकलन गरेको छ ।
कम्पनीले २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । यसरी, कम्पनीले आइपीओ भर्ने २४ लाख ९० हजार आवेदकलाई शेयर वितरण गर्नेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !