बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले जीतपुर सिमरा नगरपालिकाको वडा न ३ का वडाध्यक्ष तारा कार्कीलाई पक्राउ गरेको छ । कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
वडाध्यक्ष कार्कीलाई जीतपुरस्थित जैशवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत ५ लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !