काठमाडौँ । यो साताको दोस्रो दिन पनि नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से सोमबार अन्ततः १.८८ प्रतिशतले बढ्न पुगेको हो ।
बजारमा आज कारोवार रकम बढेर ६.८६ अर्व बराबरको किन-बेच भयो जुन विगत एघार महिनाकै उच्च हो । जसमा १६५ कम्पनी बढेका छन् भने ७२ कम्पनी घटेका छन् । यसैगरी ५ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यो दिन बोटलर्स नेपाल बालाजु सहित सूर्य ज्योति लाइफ इनसुरांस, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, BPW लघुवित्त र हाथवे इन्वेस्टमेन्टको शेयरमा १० प्रतिशतको उछाल आएको छ । आज सर्बाधिक रकम तथा शेयर कारोबार गर्ने कम्पनीमा हिमाल दोलखा हाईड्रोपावर रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !