कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २५ गते ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभाले लाभांश प्रस्तावका साथै लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
कम्पनीले साधारण सभालाई मध्यनजर गरेर पौष १० गतेदेखि २४ गते सम्म बुकक्लोज गर्ने निर्णय लिएको छ । कम्पनीको अनुसार पौष ८ सम्म कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !