काठमाडौँ । रुरु जलविद्युत परियोजनाको पुस १ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अब कम्पनीको साधारणसभाले पारित गरेको खण्डमा उक्त लाभांश शेयरधनीमा वितरण हुने छ । कम्पनीले पुस २५ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !