धनगढी। धनगढीका त्रिनगर माविको विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा सुरेन्द्र चन्द चयन भएका छन् । सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठकले समितिको नयाँ कार्यसमिति चयन गरेको छ । बैठकले अध्यक्षमा कैलाली बहुमुखी क्याम्पसका सेवा निबृत्त भएका क्याम्पस प्रमुख सुरेन्द्र चन्दलाई छनौट गरेको छ ।
धनगढी उपमहानगरपालिकाले मंसिर २९ बिद्यालयलाई पत्र पठाई सुरेन्द्र चन्द र महिलामा बिमला कुमारी देवल९जैरु० लाई मनोनीत गरेको जानकारी गराएको थियो । सोमाबर समितिका ज्येष्ठ सदस्य लक्ष्मण पार्कीको अध्यक्षतामा बसेको बैठकले चन्दलाई अध्यक्षमा चयन गरेको हो । बैठकमा वडा नम्बर १का वडा अध्यक्ष सन्तोष मुडभरी समेतको सहभागिता रहेको थियो ।
सदस्यहरुमा २०७९ पौस १४ गते अभिभावकबाट छानिएका सदस्यहरुमा लक्ष्मण पार्की, कैशिल्यादेवी रनेनी, तारा पातली, गोदाबरी सिह, वडा अध्यक्ष सन्तोष मुडभरी पदेन सदस्य, शिक्षक प्रतिनिधी नेत्र खडायत र सदस्य सचिव भुपाल खड्का चयन भएका हुन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !