धनगढी । सुदूरपश्चिम महोत्सवको दशौं दिन आज पनि चर्चित राष्टिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने भएको छ । आज नेपाली कला क्षेत्रका आधुनिक गाएक प्रमोद खरेलको मूख्य प्रस्तुती रहेको छ । त्यसैगरि चर्चित डेउडा कलाकार रेखा जोशी, नन्दकृष्ण जोशी ,नरेन्द्रराज रेग्मी र थारु गाएक राज कुस्मीको प्रस्तुती रहने महोत्सवका नृत्य संयोजक भवानी रेग्मीले जानकारी दिए ।
त्यसैगरि विभिन्न क्लव स्तरिय नृत्य प्रस्तुत गरिने रेग्मीले बताए । महोत्सवमा हरेक दिन बिहान ११ बजेदेखि ३ बजे सम्म स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । भने दिउँसो ३ बजे पछि राष्टिय स्तरका अतिथि कलाकारको प्रस्तुती देखाइने छ ।
दर्शकको मागलाई मध्यनजर गर्दै आयोजकले महोत्सव लाग्ने समय अवधि ३ दिन थप गरि पुष ५ गते सम्म महोत्सव लाग्ने जनाएको छ ।१७ औ संस्करणको महोत्सवमा विशेष आकर्षणको रुपमा थारु गाउँ, फोटो प्रदर्शनी,रमाइलो मेला,कृषि प्रर्दशनी रहेका छन् । विगतका बर्ष झै यस वर्षपनि महोत्सवमा दर्शकको बाक्लो उपस्थिति रहेको आयोजकको भनाई छ ।यस बर्षको महोत्सवको टिकट खल्तीबाट काट्न सकिने व्यवस्था मिलाईएको छ । भने खल्तीको प्रोमो कोड प्रयोग गरि हरेक टिकटमा २५ रुपियाँ छुट पाइने आयोजकले जनाएको छ । साधारण तर्फ रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !