काठमाडौं । बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर तोकेका छन्। बैंकहरुको ब्याजदर मंसिर महिनाको तुलनामा घटेको छ।
समग्रमा हेर्दा २० वाणिज्य बैंकहरुको औषत ब्याजदर ०.६२ प्रतिशत घटेको देखिन्छ । मंसिर महिनामा ९.९१ प्रतिशत रहेको २० बैंकहरुको औषत अधिकतम ब्याजदर, पुस महिनामा घटेर ८.९९ प्रतिशतमा झरेको छ।
२० मध्ये १८ वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाएका छन्। यी बैंकहरु मध्य सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ। मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १०.६०३ प्रतिशत रहेको यस बैंकको अधिकतम ब्याजदर, पुसमा २ प्रतिशतविन्दु घटेर ८.६०३ प्रतिशतमा झरेको छ।
त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंकले १ प्रतिशतविन्दु ब्याजदर घटाएका छन्। प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन्। यी दुबैको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बैंकदर घटाएसँगै बैंकहरुले ब्याजदर घटाएका हुन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !