काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले भुइमान्छेलाई नै बीमाको सबैभन्दा बढी आवश्यकता हुने बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र बीमा प्राधिकरणको संयुक्त रुपमा आयोजित बीमा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
उनले बीमाको पहुँच सरकारलेखि भूईमान्छेसम्म पुग्नुपर्ने बताए । सिलवालले बीमा पहुँच विस्तार गर्न पत्रकार र बीमा क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । बीमा विस्तार गर्ने मामिलामा प्राधिकरण नाफिजसँग थप सहकार्य गर्न तयार रहेको उनले बताए ।
उनले भने,‘सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्न सक्छ । तसर्थ, सरकारले आफ्नो भौतिक पुर्वाधार सम्पत्ति लगायतका दायित्वको बीमा गर्नुपर्छ । साथै, बीमाको सबै भन्दा बढी आवश्यकता भुइमान्छेहरुलाई छ । उनीहरुलाई बीमाको दायारामा ल्याउने काम हामीले गर्नुपर्छ’ ।
सोही अवसरमा पत्रकारले तथ्यमा आधारीत समाचार लेख्नुपर्ने अध्यक्ष सिलवालले जोडदिए । आग्रह तथा पुर्वाग्राहमा आधारीत भएर, अनुमानका भरमा समाचार लेख्दा बीमा क्षेत्रको मात्रै नभएर सञ्चार क्षेत्रकै विश्वसनीयतामा प्रश्न उठ्ने उनले बताए । यद्यपि, बीमा प्राधिकरणमा हुने कानुनी त्रुटिमा पत्रकारहरुले समाचार लेख्न सक्ने उनको भनाइ छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !