धनगढी। धनगढी–दिपायल द्रुतमार्ग ९फास्ट ट्र्याक० अन्तर्गत धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम पूरा नहुँदै उप्कीन थालेको छ। कालोपत्रको काम पूरा नहुँदै सडकखण्डको विभिन्न ठाउँमा खाल्डाखुल्डीका साथै उप्कीन थालेपछि काममा लापरबाही भइरहेको स्थानियले बताएका छन्।
कमजोर गुणस्तरको प्रविधि मानिने डबल बिटुमिन सरफेस ट्रिटमेन्ट (डीबीएसटी) बाट सडकखण्ड कालोपत्र भइरहेकोले सडक दिगो र गुणस्तर नहुने प्राविधिकले बताए। त्यस कारण बेस भत्किन थालेको भन्दै सडकको आयु बढीमा तीन–चार वर्ष हुने प्राविधिकको भनाई छ। पहिलो कोट गरिएको केही समयपछि दोस्रो कोट हुने निर्माण कम्पनीले बताएपनी गुणस्तरको कालोपत्र नै गलत भएको प्राविधिकहरू बताएका हुन् ।
धनगढीको हसनपुरदेखि सुरु भएको फास्ट ट्र्याकको कालोपत्रको काम भइरहेको छ । हसनपुर–स्याउले खण्ड अत्तरियादेखि धनगढीसम्म हाल सञ्चालित ६ लेन सडकजत्तिकै चाप हुने वैकल्पिक मार्गको रुपमा हेरिएको छ। इन्जिनियर जंगबहादुर थापाले नेपालमा सडक कालोपत्र गर्न अस्फाल्ट, प्रिमिक्स, डीबीएसटी र ओटासिल गरी चार वटा गुणस्तर प्रविधि चलनचल्तीमा रहेको बताए। तराईका सडकमा अस्फाल्ट र प्रिमिक्स प्रविधिको कालोपत्र गर्ने प्रचलन रहेको यस्को राम्रो र गुणस्तरीया हुने उनले बताए।
पहाडी क्षेत्रका सडकमा डीबीएसटी र ओटासिल प्रविधिले कालोपत्र गर्ने गरिने र ‘ओटासिल त अहिले लगभग हटिसकेको उनले बताए। धनगढी–स्याउले खण्डमा डीबीएसटी प्रविधिमा कालोपत्र किन गरियो भन्नेमा सम्बन्धित निकायका प्राविधिकहरू डीपीआर नै त्यही भएकाले बदल्न नमिलेको बताउँछन् । डीबीएसटी प्रविधिको कालोपत्रेको लागत सस्तो धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक आयोजनाका प्रमुख दिनेश खैरालाले बताए । खाल्डाखुल्डी परेपछि माथिबाट थप्दै जानुपर्ने बताए।
धनगढी–खुटिया १३.४ किलोमिटर खण्ड कालोपत्रका लागि आयोजना कार्यालयले ०७८ जेठ तेस्रो साता खड्का कृष्ण नारायणम् जेभीसँग १८ करोड ५१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्पन्न गर्नुपर्ने म्याद मंसिर २० मा गुज्रिसके पनि काम भने अधुरै छ । म्याद थपको प्रक्रियामा रहेको आयोजना कार्यालयले जनाएको छ । हाल धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक आयोजना कार्यालयले धनगढीदेखि उरैभन्ज्याङसम्मका लागि ६ वटा ठेक्का लगाएर काम भइरहेको जनाएको छ ।
धनगढीदेखि हाटखोलीसम्म २० किलोमिटर कालोपत्रका दुई वटा ठेक्का छन् । जसको म्याद यही मंसिर २० सकिएको भए पनि काम भने अधुरै रहेको छ । धनगढीका स्थानिय असोज ज्वालाले फास्ट ट्र्याकजस्तो महत्वपुर्ण सडक संरचनामा कमसल गुणस्तरको कालोपत्र गर्नु गुणस्तरमा ध्यान नदिएको र काममा लापरबाही गरिन थालिएको बताए। निर्माण नहुँदै माथिबाट टालटुल गर्नुपर्ने गुणस्तरको कालोपत्रे गर्नु आफैंमा लापरबाही भएको उनको भनाई छ। उनले सम्बन्धित निकाय तथा सरकारले बेलैमा ध्यान दिनुपर्ने बताएका छन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !