काठमाडौं । गृह मन्त्रालयले कैलाली सहित १९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । २५ सहसचिवको जिम्मेवारी हेरफेर गर्दै गृहले महत्वपूर्ण जिल्लाका सिडिओ सरुवा गरेको हो । कैलालीमा धर्मेन्द्र मिश्र नयाँ सिडियो आउने भएका छन् । अहिले कैलालीका युवराज कटेल प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत छन् ।
सहसचिव बन्धु बास्तोलालाई झापा, आनन्द काफलेको पाल्पा, शंकरहरी आचार्यको सुर्खेत, नारायण प्रसाद सापकोटाको भोजपुर, हरिप्रसाद घिमिरेको उदयपुर, जनार्दन गौतमको तनुहँको सिडिओमा सरुवा भएको छ ।
हिरालाल रेग्मीको रौतहट, धर्मेन्द्र मिश्र कैलाली, दिनेश कुमार भुसाल पर्सा, भोला दाहाल गोरखा, विश्व प्रसाद अर्यालको कपिलवस्तुमा सरुवा भएको छ ।
सुरेश पन्थीको पश्चिम नवलपरासी, बेद प्रसाद खरेलको बर्दिया, नारायण अर्यालको प्यूठान, भरत खनालको सिन्धुली, सुनिता नेपालको स्याङजा, झक्क प्रसाद आचार्यको सिन्धुपाल्चोक र जयनारायण आचार्यको सुनसरीमा सिडिआको जिम्मेवारीमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !