काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले जिल्ला अदालत, काठमाडौंमा धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी बुझाएका छन् । खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाे थियाे ।
शुक्रबार खाँण धरौटी रकम जम्मा गर्न अदालत पुगेर धरौटी रकम अनुसार ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका छन् । धरौटी बुझाएर अदालतबाट छुटे पनि खाण प्रहरी हिरासतमै रहने छन् । खाँण अब सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुनुपर्नेछ । विभाग र अख्तियारले पनि बयानपछि धरौटीमा छोडेको खण्डमा भने मात्र उनलाई रिहा गरिनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !