काठमाडौं। यहि सातामै दोस्रो पटक कुमारी बैंक लिमिटेडले निक्षेप ब्याजदर घटाएको छ । बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएको भोलिपल्टनै ब्याजदर घटाएको थियो। सो ब्याजदर शनिवार बाट नै लागु भएको थियो ।
बैंकले फेरी आज शुक्रबार निक्षेपको ब्याजदर घटाएको छ जुन ब्याजदर पुस १ गतेबाट मात्र लागु हुनेछ ।
बैंकको सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बैंकले ५ वर्षभन्दा माथिको निक्षेपको ब्याज अधिकतम ९.३१ प्रतिशत ब्याज दिने छ। एक वर्षसम्मको ब्याज ७.७५ प्रतिशत तोकिएको छ। संस्थागत तर्फ एक वर्षसम्मको ब्याज ६.७५ प्रतिशत तथा १ वर्ष भन्दा बढी अवधिको ब्याज ७.३१ प्रतिशत तोकिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !