काठमाडौं। सुनचाँदीको भाउ लगातार दोश्रो दिन आज मंसिर २९ गते पनि महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ र चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार १०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुनको भाउ २ हजार ८०० रुपैयाँले बढेको थियो ।
यस दिन चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४७० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा ५५ रुपैयाँले वृद्धि हुँदा प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !