काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद ल्याउने प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ। कम्पनी संचालक समितिको बुधबार भएको बैठकको निर्णयले पुस २० शुक्रबारका लागि १५ औँ वार्षिक साधारण सभा तय गरेको हो।
कम्पनीले सभामा हकप्रद जारी गर्ने प्रस्तावलाई विशेष प्रस्तावका रूपमा राखेको छ। कम्पनीले यही सभाबाट चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अख्तियारी प्रदान गर्ने प्रस्ताव राखेको छ। साथै सभाबाट हाल कायम रहेको पुँजीको संरचनामा संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गरिने भएको छ।
साधारण सभाका लागि कम्पनीले पुस ६ गते बुक क्लोज राखेको छ। सो दिनभन्दा अघिल्लो कारोबार दिनसम्म कारोबार भइ कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउनेछन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !