काठमाडौँ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्रालय– सुदुरपश्चिम प्रदेशको समन्वयमा धनगढीमा पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ ।
सुदुरपश्चिम प्रदेशका २२ वटा स्थानीय सरकार (नगरपालिकारगाउँपालिका) अन्तर्गत जनप्रतिनिधि तथा पर्यटन शाखा रयोजना शाखासंग सम्बन्धित कर्मचारीहरुको क्षमता बृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको थियो । कार्यशालाले स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीपहरू बिकाश गर्न र स्थानीय तहमा प्रभावकारी पर्यटन रणनीति र कार्ययोजना कार्यान्वयन गर्ने परियोजनाले जानकारी दिएको छ ।
कार्यशालामा सुदुरपश्चिम प्रदेश अन्तरगत रहेका बडिमालिका, खप्तड छेडाडाडा, सैपाल, खप्तड छाना, दुहु , अपी हिमाल, दशरथचन्द्र, रामारोशन, टिकापुर, शुक्लाफाटा, बेद्कोट, बेलौरी, घोडाघोडी ,अमरगढी, माल्लिकाअर्जुन, साफेबगर, पूर्व चौकी , जानकी, मेलौली, आलिताल चुरे , दीपायल सिल्गढी , त्रिवेणि र दशरथचन्द्र नगरपालिका र गाउँ पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो ।
कार्यशालामा नेपाल सरकारका पूर्व सहसचिव तथा सहजकर्ता रमेश कुमार अधिकारीले पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाका विषयमा प्रस्तुतिकरण गर्दै पर्यटनका लागि हरेक पालिकाको स्पष्ट नीति र कार्यनीती आवश्यक भएको बताए ।नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणीप्रसाद खनालले पर्यटन प्रवर्द्धन , ब्रान्डिङका विषयमा प्रस्तुतिकरण गर्दै आफ्नो स्थानीय तहमा भएका पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्दै यसको बजारीकरण गर्नु पर्ने बताए ।
नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा उप प्राध्यापक टि.पि. भुसालले पर्यटन प्रवर्द्धनमा आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख्य गर्दै पर्यटनमा सञ्चारको भूमिका , सोशल मिडियाको प्रयोग र सञ्चार क्षेत्रसङको सहकार्य लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।कार्यक्रममा पर्यटन कार्यालय धनगढीका शाखा अधिकृत दान बहादुर थापाले प्रदेश पर्यटन मन्त्रालयको पर्यटन योजना लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यशालामा सहभागी जन प्रतिनिधि तथा कर्मचारीहरुले कार्यक्रमबाट आ-आफ्नो पालिकाको पर्यटन नीति, कार्ययोजना निर्माण तथा सञ्चार सहकार्यका विषयमा सहकार्यका सम्बन्धमा नयाँ दृष्टिकोण तयार भएको प्रतिक्रिया दिए।
दोधरा चादनि नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले कार्यशालाले नगरपालिकाहरुलाई पर्यटन नीति निर्माणमा सघाउ पुर्याएको बताए। कार्यशालामा पर्यटनको विकास ,पर्यटन रणनीति , पर्यटन नीति ,पर्यटन कार्ययोजना तथा पर्यटकिय गन्तव्यहरूको ब्रान्डिङ रणनीतिहरु, पर्यटन प्रवर्द्धनका लागि मिडिया परिचालन आदि विषयवस्तुमा छलफल गरिएको जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजनाका जीबीकोपार्जन बिज्ञ तथा परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीले जानकारी दिए।परियोजनाले यस अघि मधेस प्रदेशमा कार्यशाला सम्पन्न गरिसेकेको क्रमशः अन्य प्रदेशमा पनि गर्दै जाने उनले जानकारी दिए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !