पहिलो महिनादेखि नै चालु आर्थिक वर्षको रेमिट्यान्स आप्रवाहमा वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंककाे तथ्यांकको अनुसार चालु आवको कात्तिक महिनासम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको उल्लेख छ ।
समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६ दशमलब ४ प्रतिशतले बढी रेमिट्यान्स भित्रिएको हो । गत वर्ष ४ महिनाको रेमिट्यान्सको वृद्धि दर २० दशलमब ४ प्रतिशत थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८ सय ४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७ सय ३५ र ८७ र ४ सय २८ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २४ दशमलब ९ प्रतिशतले वृद्धि भई ५ खर्ब २१ अर्ब ४० करोड पुगेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !