काठमाडौँ । आज राति यस वर्षकै उत्कृष्ट उल्का वर्षा नेपालबाट देखिने भएको छ । खगोलविद्हरुका अनुसार आकाश खुलेमा नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ । अवलोकनको लागि मंसिर २८ राति ८ बजे देखि भोलिपल्ट बिहान ५;३० सम्मको समय अनुकूल हुने खगोलशास्त्रीहरुको भनाई छ । उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदूषण काम भएको स्थानबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन् ।
यो उल्का वर्षालाई खगोलविद्हरुले ‘जेमिनिड्स’ नाम दिएका छन् । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् ।अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिनेछ ।
सूर्यको परिक्रमा गर्ने क्रममा यो पुच्छ्रे ताराले आफ्नो कक्षमा धूलोका कण र चट्टानहरु छाड्ने गर्छ । पृथ्वीले पनि सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रे ताराले छाडेको कण र चट्टानहरु नजिकै आउँछ ।यसरी ती कण तथा चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् ।
ठोक्किएर जलेका ती वस्तुहरुलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपालमा ‘तारा खसेको’ पनि भन्ने गरिन्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !