काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।
न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख धरौटीमा रिहा गर्न बिहिबार आदेश दिएको हो।मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशको राय बाझिएको खाणको पक्षमा कारण पुनः बहस भएको हो। न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको राय बाझिएपछि खाण अर्को आदेश नआएसम्म थुनामै रहनेका थिए। पाण्डेले ३० लाख धरौटीमा छाड्न राय दिएकामा खरेलले असहमति जनाएका थिए।
सोही प्रकरणमा उच्च अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई लगायत ८ जनालाई भने थुनामुक्त गर्न अस्वीकार गरेको थियो। केहीलाई भने धरौटी र साधरण तरिकमा रिहा गर्ने आदेश सुनाएको थियो।
शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाण जिल्ला अदालत काठमाडौंको आदेशमा असार १ गतेदेखि कारागारमा छन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !