धनगढी । सुदूरपश्चिम महोत्सवमा आज लोक प्रिय कलाकार चक्र बम र रमेश राज भट्टराईको मूख्य प्रस्तुती रहने भएको छ । कैलाली उद्योग बाणिज्य संघको आयोजनामा मंसिर २२ गतेदेखि जारी महोत्सवको आज सातौं दिनमा चक्र बम र रमेश राज भट्टराई ,सुमन परियार सहितका स्थानीय कलाकारहरुको प्रस्तुती रहेको छ ।
आज पनि विद्यालय तथा क्लव स्तरिय नृत्य प्रतियोगिताको प्रतिस्पर्धालाई निरन्तरता दिइने भएको छ । महोत्सवमा हरेक दिन बिहान ११ बजेदेखि ३ बजे सम्म स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । भने दिउँसो ३ बजे पछि राष्टिय स्तरका अतिथि कलाकारको प्रस्तुती देखाइने छ ।
महोत्सवको छैटौ दिनसम्म नेपालका चर्चित लोकप्रिय कलाकारहरुले प्रस्तुती देखाइसकेका छन् । भने पुष २ गते सम्म संचालन गरिने महोत्सवमा अझै चर्चित कलाकारको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । पल शाह,खेम सेन्चुरी जस्ता कला क्षेत्रका हस्तीहरु आउने कार्यतालिका रहेको छ।
१७ औ संस्करणको महोत्सवमा विशेष आकर्षणको रुपमा थारु गाउँ, फोटो प्रदर्शनी,रमाइलो मेला,कृषि प्रर्दशनी रहेका छन् । विगतका बर्ष झै यस वर्षपनि महोत्सवमा दर्शकको बाक्लो उपस्थिति रहेको आयोजकको भनाई छ ।
यस बर्षको महोत्सवको टिकट खल्तीबाट काट्न सकिने व्यवस्था मिलाईएको छ । भने खल्तीको प्रोमो कोड प्रयोग गरि हरेक टिकटमा २५ रुपियाँ छुट पाइने आयोजकले जनाएको छ । साधारण तर्फ रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !