काठमाडौँ । स्थानीय सरकारले चाह्यो भने सबै कुरा सम्भव छ भन्ने कुराको उदाहरण काठमाडौँ भित्र सञ्चालित भाटभटेनी लगायतका सुपरमार्केटहरुले अनुशरण गरेको कार्यलाई लिन सकिन्छ ।
वर्षौदेखि क्रिसमसका अवसरमा केही दिन अघिदेखि प्लाष्टिकका क्रिसमस-ट्री बनाएर झकिझकाउ पार्ने सुपरमार्केटहरुले महानगरपालिकाको प्लास्टिक निरुत्साहन गर्ने निर्देशनलाई शिरोपर गर्दै कपडाको सामान्य क्रिसमस रुख बनाएर क्रिसमस बनाउनेहरुलाई सम्मान गरेका छन् । गत बिहीबार महानगरपालिकाका मेयर बालेन साहको निर्देशनमा उपत्यका भित्र क्रिसमसका नाममा प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध गरिएको थियो ।
महानगर क्षेत्रभित्र कुनै पनि प्लास्टिकका क्रिसमस-ट्री सजावट गरी वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगरको चेतावनीपछि भाटभटेनी सुपरमार्केटले कपडाको क्रिसमस-ट्री बनाएर क्रिश्चियन धर्मावलम्वीहरुको भावनालाई कदर गरेको हो । ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !