काठमाडौं । विकास बैङ्कहरूले पनि ब्याजदर घटाउन थालेका छन् । मङ्गलवारसम्म चार वटा वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएका थिए । तर, बुधवार दुई वटा विकास बैङ्कले पनि ब्याजदर घटाएका छन् ।
आज सांग्रिला डेभलपमेन्ट र गरिमा विकास बैङ्कले पनि आजैदेखि नै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।नयाँ ब्याजदर अनुसार सांग्रिला डेभलपमेन्ट बैङ्कले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ९ दिने भएको छ । बैङ्कका अनुसार यो १ वर्षमाथिको मुद्दती निक्षेपको ब्याजदर हो । यसअघि भने भने १ वर्षमाथिको मुद्दती निक्षेपको ब्याजदर १०.६० प्रतिशत कायम गरेको थियो । घटाएको ब्याजदर अनुसार बैङ्कले ३ महिनादेखि ६ महिना मुनिको मुद्दती निक्षेपको ब्याजदर भने ८ प्रतिशत कायम गरेको छ । यसअघि १ वर्षको मुद्दती निक्षेपको ब्याजदर १०.५० प्रतिशत निर्धारण गरेको थियो ।
यस्तै, गरिमा विकास बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.४० प्रतिशत दिने भएको छ । यद्यपि, यो १ वर्षमाथिको मुद्दती निक्षेपको ब्याजदर हो । तर, सो अवधिमा भन्दा मुनिको मुद्दती निक्षेपको ब्याजदर ९.३० प्रतिशत निर्धारण गरेको छ । यसअघि बैङ्कले १ वर्षमाथिको मुद्दती निक्षेपको ब्याजदर ९.७५ प्रतिशत र सो अवधिभन्दा मुनिको मुद्दती निक्षेपको ब्याजदर ९.५० प्रतिशत कायम गरेको थियो ।
यता, हालसम्म चार वटा वाणिज्य बैङ्कहरूले पनि ब्याजदर घटाइसकेका छन् । माछापुच्छ्रे, एनएमबि, एनआईसी र कुमारी बैङ्कले ब्याजदर घटाएका हुन् ।
माछापुच्छ्रेले २६ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर कायम गरेको छ ।नयाँ ब्याजदर अनुसार बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा ९.६० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । तर, यसअघि भने बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा १०.६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, संस्थागत तर्फ पनि ७.६० प्रतिशत ब्याजदर कायम गरेको छ । बैङ्कले बचतमा ४.६० देखि ७.६० प्रतिशतसम्म ब्याज रहेको छ ।
यस्तै, एनएमबि बैङ्कले मङ्सिर २५ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर कायम गरेको छ । बैङ्कका अनुसार आगामी पुस महिनामा मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याजदर दिने भएको हो । तर, १० वर्ष माथिको मुद्दती निक्षेपको लागि कायम गरिएको बैङ्कले जनाएको छ । बैङ्कले मङ्सिर महिनाका लागि भने यस्तो निक्षेपमा ९।५० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैङ्कले ३ देखि ६ महिनाको मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत कायम गरेको छ । बैङ्कले न्यूनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ ।
त्यसैगरि कुमारी बैङ्कले मङ्सिर २४ गते अर्थात् आइतबारदेखि नै लागू हुने गरी नयाँ ब्याजदर कायम गरेको छ । घटाएको ब्याजदर अनुसार बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.६१ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । बैङ्कले मुद्दती निक्षेपकै न्यूनतम ब्याजदर ८.५१ प्रतिशत कायम गरेको हो । यस्तै, बैङ्कले संस्थागत मुद्दती निक्षेपमा भने ७.६१ प्रतिशत ब्याजदर कायम गरेको छ।
यता, आगामी पुस महिनाका लागि एनआईसी एशिया बैङ्कले पनि ब्याजदर घटाएको छ । बैङ्कले अब मुद्दती निक्षेपमा अधिकतम ८.६७ प्रतिशत ब्याज दिने भएको हो । तर, यो ब्याजदर २४ महिनादेखि १८० दिनका लागि कायम गरिएको बैङ्कले जनाएको छ । हाल अर्थात् मङ्सिर महिनामा बैङ्कको अधिकतम ८.९७ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ । एनआइसी एशियाले ३ देखि ७ महिनाको मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत कायम गरेको छ । अब पुस महिनामा बैङ्कले मुद्दती निक्षेपमा न्यूनतम ७ प्रतिशत र अधिकतम ८.६७ प्रतिशत ब्याज प्रदान गर्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !