काठमाडौं। हिमालयन रि-इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न पाउने भएकाे छ । कम्पनीले प्रिमियम रकममा आईपीओ जारी गर्ने विषय विरुद्ध उच्च अदालत पाटनमा परेको रिट निवेदनमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
जसले गर्दा कम्पनीलाई प्रिमियम मूल्य राखी आईपीओ खोल्ने ढोका खुलेको छ । यस मुद्दामा अन्तरिम आदेश दिन न्यायाधीशद्वय जनक पाण्डे र पुरुषोत्तम प्रसाद ढकालको संयुक्त इजलासले अस्विकार गरेकाे हाे।
यसअघि मंसिर २२ गते उच्च अदालतमा हरिबहादुर केसीले हिमालयन रि-इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न रोक्नुपर्ने भन्दै रिट दर्ता गरेका थिए । त्यस रिटमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र हिमालय रि-इन्स्योरेन्सलाई विपक्षी बनाइएको थियो ।
कम्पनीले १०० रूपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ जारी गर्न लागेकाे छ । कम्पनीको आईपीओ यसै बुधबारदेखि जारी गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !