काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।
नेपाल आयल निगममा २१ महिना बिताएका थानीले कार्यकाल सकिन १५ महिना अगावै पदबाट राजीनामा दिएका हुन् । थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।
उनलाई नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको चाहनामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका थिए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !