काठमाडौँ । लुम्बिनी विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । मङ्सिर २६ गते बसेको बैंकको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो।
कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश लगानीकर्तालाई दिनेछ । हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार रहेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !