काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वित्तीय विवरण तीन दिन भित्र पेश नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
सूचीकृत संगठित संस्थालाई तीन दिन भित्र वित्तीय विवरण बार्षिक तथा त्रैमासिक वित्तीय विवरण पेश गर्न निर्देशन दिएको छ ।नेप्सेले उपलब्ध गराएको नट्स लगइन मार्फत विद्युतीय प्रति अपलोड गर्नुपर्नेमा केही संस्थाहरुले त्यस्ता विवरणहरु अपलोड नगरेको भन्दै तीन दिन भित्र अपलोड गर्न निर्देशन दिएको छ ।
समयमा नै अपलोड नगरेमा धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६ बमोजिम कारबाही गर्ने पनि नेप्सेले जनाएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !