काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद गरेको छ। फ्लाइ दुबई एयरलायन्सबाट आएका इजिप्टका नागरिक सरिफ मोहम्मद लासिमलाई सुन सहित त्रिभुवन विमानस्थल प्रहरीले पक्राउ गरेको हो।
उनी फ्लाई दुवईको एफजेड ५७३ विमान मार्फत काठमाडौं ओर्लिएका थिए। गत हप्ता बिहीबार राति पनि यही विमानमा आएका चन्द्र घलेलाई १४ किलो सुन सहित भन्सार कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। लासिमले ६ वटा सुनको बिस्कुट ‘अर्धर्ठोस’ अवस्थामा ज्याकेटमा लुकाएर ल्याएका थिए।
गत बिहीबारमात्रै विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो। मध्यरातमा दुबईबाट आएका एक नेपालीको साथमा १४ किलो सुन बरामद भएको थियो। यस घटनामा चन्द्र घलेसहित मिन बहादुर घलेलाई बसुन्धाराबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। सो प्रकरणको छानबिनका लागि समिति पनि गठन भइसकेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !