धनगढी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको आयोजनामा प्रकृतिमा आधारित समाधान परियोजना अन्र्तगत बगरे खेती सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १७ र १९ मा हिजो र आज तालिम सम्पन्न भएको हो ।
दुबै वडाको नदि किनारामा बसोबास गर्ने समुदायका प्रतिनिधिहरुलाई लाभग्राहीको रुपमा छनोट गरि उनीहरुको जीविकोपार्जनमा सहयोग गर्न बगरे खेती सम्बन्धि तालिम दिइएको हो । लाभग्राहीको आय स्तरमा बृद्धि, गरिबी न्यूनिकरण र क्षमता अभिबृद्धि गर्ने उद्देश्यले बगरे खेति सम्बन्धि तालिम दिइएको कार्यक्रम संयोजक नरेन्द्र भट्टले जानकारी दिए । बगरे खेती सम्बन्धि तालिमका सहभागीलाई कृषी ज्ञान केन्द्रका कृषि विज्ञहरुले प्रशिक्षण दिएका थिए ।
वडा नम्बर १७ र १९ बाट २० र २० जना लाभग्राही छनोट गरि तालिम दिइएको हो । धनगढी १९ मा मंसिर २४ गते सम्पन्न कार्यक्रममा वडा अध्यक्ष बाबुराम चौधरी,रेडक्रस फुलवारी शाखाका कोषाध्यक्ष खडक तिरुवाको सहभागिता रहेको थियो । यस्तै धनगढी १७ मा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष माधव राज रानाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !