धनगढी । सुदूरपश्चिम महोत्सवको तेस्रो दिन आज चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ । आज चर्चित कलाकार एलिना चौहान र उर्गेन डोगंको प्रस्तुती रहने सांस्कृतिक संयोजक मिलन कुँवरले जानकारी दिए ।आज कार्यक्रम उद्घोषकको रुपमा चर्चित उद्घोषका मन्जु पौडेल रहने बताइएको छ । स्थानीय कलाकारहरु सुरेश चोखाल र रमेश परियारको प्रस्तुती रहने बताइएको छ । यस्तै आज पनि विद्यालय र क्लव स्तरीय नृत्य प्रतियोगिता जारी रहने छन् ।
धनगढी वडा नम्बर १ पशुपति टोलमा यहि मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । यस बर्षको महोत्सवमा थारु गाउँ ,फोटो प्रर्दशनी , स्थानीय परिकार,कला संस्कृति मुख्य आर्कषण रहेका छन् । महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । सा धारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !