काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज समूह चरणको दोस्रो खेल खेल्दै छ। दोस्रो खेलमा नेपालले अफगानिस्तानको सामना गर्दैछ।
पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले फाइनलसम्म पुग्ने सम्भावना जीवित राख्न आइतबार जित्नै पर्छ। नेपाल र अफगानिस्तानबीचको खेल, संयुक्त अरब ईमिरेट्स ९यूएईस्थित० आईसीसी एकेडेमीको ओभल २ मैदानमा हुनेछ। खेल नेपाली समयानुसार बिहान ११स्१५ बजेदेखि सुरु हुनेछ।
नेपाल र अफगानिस्तान दुवै पहिलो खेलमा पराजित भएका थिए। शुक्रबारदेखि सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य पाकिस्तानले मात्र ३ विकेट गुमाएर पुरा गर्यो।
आफ्नो पहिलो खेलमा अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै पराजित भएको थियो। पहिलो खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले भारतलाई जितका लागि १७३ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य भारतले मात्र ३ विकेट गुमाएर पुरा गर्यो।
आइतबार दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रिनेछन्। यू–१९ क्रिकेटअन्तर्गत नेपाल र अफगानिस्तानबीच भएका पछिल्ला ५ म्याचको नतिजा भने आफगानिस्तानले आफ्नो पक्षमा पारेको थियो। नेपाल र अफगानिस्तानबीच पछिल्लोपटक सन् २०१८ को अक्टुबरमा यू–१९ एसिया कपमा नै भेट भएको थियो। जुन म्याचमा अफगानिस्तान ३ विकेटले विजयी भएको थियो।
यू–१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भारतको सामना गर्नेछ। प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !