काठमाडौं । टिकटक माथि सरकारले प्रतिवन्ध लगाएपछि खुलेको रमाइलो एपतर्फ अहिले प्रयोगकर्ताहरु आकर्षित हुन थालेका छन् । नेपाली कम्पनी आइडिया जारले विकास गरेको सर्ट भिडियो सेयरिङ एप ‘रमाइलो’को सेवा अव आइफोन प्रयोगकर्ताले पनि लिन सक्ने भएका छन्।यसअघि रमाइलो एप एन्ड्रोइड मोबाइल फोन प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउने सुविधा थियो ।
रमाइलो एप आइफोन प्रयोगकर्ताले आफ्नो एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्नेछन्। रमाइलो एपका प्रवन्धक मेगेन्द्र घिमिरेका अनुसार संचालनमा आएको छोटो समयमै एप डाउनलोड संख्या एक लाख नाघेको छ।
‘आईफोन प्रयोगकर्ताले रमाइलोबारे धेरै नै चासो देखाउनुभएको छ। उहाँहरूका लागि पनि एप उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं,’ उनले भने।
एपको एन्ड्रोइड भर्सनमा दैनिक करिब एक लाख सक्रिय प्रयोगकर्ता छन्। एपमा अहिले डार्क मोड, सर्ट्स लगायत अन्य फिचर बिस्तार गरिएको उनले बताए। टिकटक प्रयोगकर्ताका लागि यो एप उत्तम भएको कम्पनीको दाबी छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !