काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋण नतिर्नु भन्दै ऋणीलाई उक्साउँदै हिँड्ने जो कसैलाई नछाड्ने बताएका छन् । उनले पछिल्लो समय बैंकबाट ऋण लिएर आफु पनि नतिर्ने र अरुलाई पनि तिर्न नपर्ने भन्दै उक्ुाउने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले वित्तीय क्षेत्रमा अराजकता निम्त्याउन खोज्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।वित्तीय क्षेत्रमा नियतबस कर्जा नतिर्ने र कर्जा नतिर्न उक्साउने समस्याको रुपमा आइरहेको छ, कतिपय उत्श्रंखल गतिविधिहरु पनि भइरहेका छन्,’ गभर्नर अधिकारीले भने, ‘ऋण लिएपछि तिर्नैपर्छ, नियतबस ऋण नतिर्ने र नतिर्न उक्साउनेप्रति कडा भएर प्रस्तुत हुन्छौं । कारबाही प्रभावकारी बनाउँछौं ।’
यस्तो उत्श्रंखल गतिविधि रोक्न नेपाल राष्ट्र बैंक कडारुपमा प्रस्तुत हुनुपर्ने महशुस गरेर त्यस्ता ऋणीसँग कडा भएर असूली गर्ने रणनीति बनाएको उनले बताए ।तर, असल नियत हुँदाहुँदै पनि ऋण तिर्न वास्तविक समस्यामा परेका ऋणीलाई भने केही सहजिकरणको व्यवस्था गरिएको उनको भनाइ छ ।
‘कोही ऋणीहरु परिस्थितिजन्य कारणले समस्यामा परेका छन् भने त्यस्ता ऋणीहरुलाई कर्जाको पुनःसंरचना र पुनःतालिकीकरणका लागि सहजिकरण गर्ने व्यवस्था गरेका छौं ।’
बैंकको झन्डै ६ अर्ब रुपैयाँ ऋण लिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पछिल्लो समय बैंक विरुद्ध उत्श्रंखल गतिविधि गरिरहेका छन् । प्रसाईंले कर्जा असूली गर्न आउने बैंकका कर्मचारीलाई कालोमोसो दल्ने र कुटपिट गर्ने धम्की दिँदै आएका छन्।
मंगलबार मात्रै प्रसाईंका कार्यकर्ता राकेश बाँस्कोटा नेतृत्वको ८र८ जनाको समूहले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बिर्तामोड शाखा उपप्रबन्धकलाई घरबाटै नियन्त्रणमा लिएर गालीगलौज तथा मानसिक यातना दिई प्रहरी चौकी पुर्याएका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !