काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षा सार्वजनिक गर्दै रियल इस्टेट कर्जाको जोखिम भार घटाएको छ । रियल इस्टेट क्षेत्रका लागि केही उदार देखिएको भनिएको राष्ट्र बैंकको नीतिलाई रियल इस्टेट क्षेत्रका लगानीकर्ताहरुले भने नीति सोचेअनुरुप उदार भएर अझै ल्याउन नसकेको आरोप लगाएका छन् ।
नेपाल घरजग्गा तथा आवास विकास संघका अध्यक्ष भेषराज लोहनीले वाणिज्यपोष्टसँग कुराकानी गर्दै राष्ट्र बैंकको मौद्रिक नीतिले कारोबारमा खासै प्रभाव नपर्ने बताए । उनका अनुसार राष्ट्र बैंकले ५० लाखसम्मको ऋणीलाई मात्रै सम्बोधन गर्ने गरी ल्याएको नीतिले उलेख्य परिवर्तन हुन नसक्ने बताएका हुन् ।
राष्ट्र बैंकले शुक्रवार जारी गरेको मौद्रिक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल इस्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने जनाएको छ । अध्यक्ष लोहनीका अनुसार राष्ट्र बैंकले ल्याएको नीतिले ठूला ऋणीलाई सम्बोधन गर्न नसक्ने तर सानालाई भने केही राहत दिने छ ।
लोहनीका अनुसार व्यवसायीको माग अनुसार कर्जा जोखिम अनुपात १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा भार्नपर्ने,कर्जा आम्दानी अनुपात सत प्रतिशत बनाउनपर्नेे लोन टु भ्याल्यु रेसियो ७० प्रतिशत बनाउनपर्ने माग राखेपनि पुरा हुन नसकेको बताएका छन् ।
व्यवसायीले सरकारलाई लामो समयदेखि घरजग्गा कारोबारलाई सहजीकरण गर्ने विभिन्न व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । अर्थतन्त्रमा देखिएको समस्याका कारण मानिसमा लगानी गर्न आत्मविश्वास बढ्न सकेको छैन ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !