काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी सुन तस्करी जाँचबुझ आयोगले पूर्व सभामुख कृष्णबहादुर महरासँग समेत बयान लिने तयारी गरेको छ । विभिन्न व्यक्तिहरुसँग बयान लिइरहेको आयोगले महरालाई पनि झिकाएर अनुसन्धान गर्न आवश्यक ठानेपछि सो तयारी गरेको हो ।
आयोगले हालसम्म २२ जनाको बयान लिएको आयोगका अध्यक्ष डिल्ली आचार्यले जानकारी दिए ।आचार्यका अनुसार पहिलो चरणमा सुन प्रकरणमा जोडिएका कारागार र प्रहरी हिरासतमा रहेका व्यक्तिहरूको बयान लिन थालिएको हो ।
पछिल्लो समयमा आयोगले पूर्व सभामुख कृष्णबहादुरका छोरा राहुल महरालाई बयान लिई दोषी करार गरिसकेको छ ।३ महिनाको समय अवधि पाएको आयोगसँग अब अनुसन्धानका लागि एक महिना मात्रै बाँकी छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !