धनगढी । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले निर्माणाधिन फाप्ला क्रिकेट रंगशाला लाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कैलाली उद्योग बाणिज्य संघको आयोजनामा आजदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवलाई सम्वोधन गदै प्रधानमन्त्री प्रचण्डले फाप्लालाई आउने क्याबिनेटबाट राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडी बढाउन निर्णय गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले भने, फाप्लाई क्रिकेट रंगशाला बनाउने निर्णय त हामीले पहिले नै गरिसकेका थियौ । आज म तपाईहरु संग नयाँ प्रतिबद्धता गर्न चाहन्छु । आउने क्याबिनेट बाट त्यसलाई पनि राष्ट्रिय गौरबको आयोजनाको रुपमा अगाडी बढाउने विश्वास दिलाउन चाहन्छु ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !