काठमाडौं । आजदेखि संयुक्त अरब ईमिरेट्स ९यूएई० मा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। शुक्रबार २ वटा खेल हुँदैछन्।
पहिलो दिन हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यस्तै भारत र अफगानिस्तानबीच पनि अर्को खेल हुँदैछ।
पहिलो खेलमै बलियो टोली पाकिस्तानको सामना गरिरहेको नेपाल जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। पाकिस्तान पनि पहिलो खेलमा सहज जित निकाल्ने योजनाका साथ मैदान उत्रिनेछ।
नेपाल र पाकिस्तान दुवै टोलीमा सिनियर टोलीबाट खेलेका खेलाडी पनि छन्। नेपालको टोलीका कप्तान देव खनाल र अलराउन्डर गुल्सन झाले सिनियर टोलीबाट खेलिसकेका छन्।
पाकिस्तानका स्पिन अलराउन्डर अरफत मिन्हासले पनि सिनियर टोलीबाट खेलिसकेका छन्। उनले ३ वटा टी–२० आई खेलिसकेका छन्।
प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !