काठमाडौँ । सेयर बजारमा आज पनि सुधार देखिएको छ । हिजो एकल अकंको सुधार देखिएको बजारमा आज दोहोरो अकले बढेको हो ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकको ब्याज अझै घट्ने संकेत गरेसँगै बजार सुधार तिर लम्किएको हो । अब बजारले केन्द्रिय बैंकले जारी गर्ने पहिलो त्रैमासको मौद्रिक नीतिको समिक्षाको प्रतिक्षा गरी रहेको जानकारहरुको भनाइ रहेको छ ।अहिले लगानीकर्ताको मुख्य माग भनेको नै नीतिगत अवरोध खुकुलो बनाउनु हो । सो अवरोध खुकुलो हुन सके बजारले लय लिने अनुमान गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७३ अकंले बढेर १८५२.७७ बिन्दुमा बन्द भएको छ । बिहिबार २९९ कम्पनीको ९५ लाख ५ हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १२ उपसूचकमा हरियाली देखिएको छ । बिहिबार बैंकिङ समूहको ०.६१ प्रतिशत, विकास बैंक समूहको ०.५६ प्रतिशत, फाइनान्स समूहको ०.६९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६५ प्रतिशतसहित १२ उपसूचकमा सुधार देखिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !