काठमाडौं । सरकारले एनसेल सेयर खरिदबिक्री प्रकरणमा छानविनको लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले पाँच सदस्य छानविन समिति गठन गरेको हो । समितिको संयोजकमा पूर्वमहालेखापरीक्षक टंकमणि शर्मालाई तोकिएको छ ।
समितिमा प्रधानमन्त्री कार्यालयका कानुन सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर एकाउन्टेन्ट संस्था आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन्।
एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्री भएको भन्दै सरकारले छानबिन प्रक्रिया अघि बढाएको हो । समितिलाई ३० दिनको कार्यवधि दिइएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !