काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई दिनमै बैंकहरुबाट ३५ अर्ब तरलता खिच्ने भएको छ। बैंकहरुमा अधिक तरलता भएर अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा पनि तल झर्न थालेपछि तरलता खिच्न लागेको हो।
केन्द्रीय बैंकले मंसिर २० गते १० अर्बको निक्षेप संकलन उपकरण जारी गरी तरलता खिचेको थियो भने आज २१ गते पनि २५ अर्बको निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो।
केन्द्रीय बैंकले यसअघि नै बैंकहरुबाट ३५ अर्ब तरलता खिचेर राखेको छ। जसमा १५ अर्बको निक्षेप संकलन उपकारण आज परिपक्क हुँदै छ।
अहिले केन्द्रीय बैंकले खिचेको तरलता समेतलाई हिसाब कर्जा बैंकहरुसँग डेढ खर्ब रुपैयाँ अधिक तरलता रहेको देखिन्छ। गत मंगलबारसम्ममा बैंकहरुमा १ खर्ब २१ अर्ब रुपैयाँ अधिक तरलता देखिएको थियो भने बुधबार १० खर्ब खिचेपछि १ खर्ब ७ अर्ब अधिक तरलता देखिएको छ।
राष्ट्र बैंकले बैंकहरुबाट खिचेको तरलता समेतलाई हिसाब गर्दा बुधबारसम्ममा बैंकहरुसँग १ खर्ब ४२ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ।
अधिक तरलताले गर्दा अहिले बैंकहरुको अन्तरबैंक ब्याजदर घटेर १ प्रतिशतमा झरेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !