काठमाडौं। नेपाल वायुसेवा निगमका कर्मचारीले खुला प्रतिस्पर्धाका आधारमा ग्राउण्ड ह्यान्डलिङ दिने निर्णयको विरोध सुरु गरेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाबाट दिने निर्णय गरेको थियो। यो सेवा अहिले निगमले गर्दै आएको छ। झण्डै वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी रहेको यो सेवा आफूले नै पाउनुपर्ने भन्दै निगमका कर्मचारी विरोधमा उत्रिएका हुन्।
उनीहरुले प्राधिकरणबाट अडिटका लागि आउने प्राविधिकलाई रोक्ने तयारी गरेका छन्। युरोपेली युनियन९ईयू०ले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले बुधबारदेखि तीन दिन विस्तृत अडिट गर्दैछ। निगमका प्रवक्ता रमेश पौडेलले ग्राउण्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धामा दिने निर्णयका विरुद्धमा कर्मचारी आन्दोलित भएको बताउँदै प्राधिकरणका अडिट गर्न आउने कर्मचारीलाई छिर्न नदिने तयारी गरेको जानकारी दिए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !