काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आम्दानी २४ प्रतिशतले बढेको छ । उनको वार्षिक आम्दानी २४ दशमलव १७ प्रतिशतले बढेसँगै वर्षभरिमा ६० लाख ९१ हजार ३३५ रुपैयाँ तलब भत्ता बुझेका छन् । गत वर्ष भने उनले ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका थिए । नेपाल राष्ट्र बैंकल सार्वजनिक गरेको वार्षिक प्रतिवेदले सो देखाएको छ ।
गत वर्ष १४ लाख १८ हजार ४ सय रुपैयाँ तलब लिएकोमा यसपालि १६ लाख ३२ हजार रुपैयाँ लिएका छन् ।गत वर्ष उनले सञ्चालक समिति भत्तामा ३ लाख ५ हजार रुपैयाँ बुझेका थिएभने यो वर्ष ४ लाख १४ हजार बुझेका छन् । अधिकारीको यो वर्ष विशेष भत्ता पनि २७ दशमलव १३ प्रतिशतले बढेको छ । उनले गत वर्ष ३१ लाख ८१ हजार ८५५ रुपैयाँ विशेष भत्ता लिएका थिए भने यो वर्ष ४० लाख ९१ हजार ३३५ रुपैयाँ लिएका छन् ।
त्यस्तै राष्ट्र बैंकका अर्थ सचिव अर्जुनप्रसाद पोखेरलले बैठक भत्ता ९९ हजार र विशेष भत्ता २९ हजार १८६ रुपैयाँ बुझेका छन्, अर्का अर्थ सचिव तोयम रायाले भत्ता ९९ हजार र विशेष भत्ता ७० हजार ९९२ रुपैयाँ लिएका छन् र मधुकुमार मरासिनीले भत्ताबापत १८ हजार बुझेका छन् । मरासिनीले विशेष भत्ता पाएका छैनन् । गत वर्ष राष्ट्र बैंकको सञ्चालक समिती सदस्य भएर गएका कृष्णहरि पुष्करले भत्ता १ लाख ४४ हजार र विशेष भत्ता१ लाख ११ हजार २२१ रुपैयाँ लिएका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार, डेपुटी गभर्नरहरुको पनि आम्दानी बढेको छ । वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगानाले गत वर्ष ४२ लाख ६० हजार ११३ रुपैयाँ बुझेकी थिइन् भने यो वर्ष ५७ लाख २ हजार ३६१ रुपैयाँ लिएकी छिन् ।
ढुंगानाले गतवर्ष तलब १२ लाख ६९ हजार ६ सय रुपैयाँ लिएकी थिइन् भने यो वर्ष १४ लाख ६० हजार ४०० रुपैयाँ तलब, बैठक भत्ता ३ लाख ४२ हजार र विशेष भत्ता २७ लाख १७ हजार ५१३ रुपैयाँ लिएकी छिन् ।
अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले गत वर्ष ४२ लाख २ हजार १७ रुपैयाँ लिएका थिए भने यो वर्ष ५३ लाख २२९ रुपैयाँ लिएका छन् । उनले गत वर्ष १२ लाख ६९ हजार ६०० रुपैयाँ तलब लिएका थिए भने यो वर्ष १४ लाख ६० हजार ४०० रुपैयाँ लिएका छन्।
मिश्रले गत वर्ष बैठक भत्ता २ लाख ९६ हजार रुपैयाँ बुझेका थिए भने यो वर्ष ३ लाख ७८ हजार लिएका छन् । यस्तै उनले विशेष भत्ता यो वर्ष ३४ लाख ६१ हजार ८२८ रुपैयाँ लिएका छन् ।
साथै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा बैंक सञ्चालकहरुको पनि आम्दानी बढेको देखिएको छ । सञ्चालक समितिका सदस्य चिन्तामणि शिवाकोटीले बैठक भत्ताबापत ४ लाख ५ हजार र विशेष भत्ता बापत ११ लाख ५९ हजार ३८२ रुपैयाँ लिएका छन् । त्यस्तै अर्का सदस्य शंकर आचार्यले भत्ता ३ लाख ६० हजार र विशेष भत्ता ६ लाख ४८ हजार ४०८ रुपैयाँ लिएका छन् । त्यसरी नै सञ्चालक रविन्द्र पाण्डेले बैठक भत्ता ९९ हजार र विशेष भत्ता २ लाख ४५ हजार १२ रुपैयाँ लिएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !